आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते-Sutra News

आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते

बुधबार, १६ फाल्गुन २०८०

बुधबार, १६ फाल्गुन २०८०
फाइल तस्बिर ।

काठमाडाैं । मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घरहरू जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको स्थानीय अग्निनियन्त्रकले बताएका छन् ।



स्थानीय समय अनुसार राति २ः०० बजतिर आगलागी हुँदा उनीहरू गहिरो निन्द्रामा रहेको नगरीय दमकल कार्यालयका वेन्डेल भिलानुएभाले बताए ।

आगलागीबाट बाँचेकी उनीहरूकी छोरीले सुरक्षाकर्मीसँगको कुराकानीमा दिएको जानकारीअनुसार आगलागीमा आमाबाबु र दुई भाइहरूको मृत्यु भएको बताए ।

उनले भने, “बुबा, आमा र दुई भाईहरू घरको तेस्रो तलामा सुतिरहेको तथा अन्य सदस्यहरु तल्लो तलामा सुतिरहेको अवस्थामा आगलागी भएको र माथिल्लो तलामा रहेका चार जनाको मृत्यु भएको छ ।

आगलागीमा परी परिवारका अन्य आठ जना सदस्य घाइते भएका छन् ।

आवासीय क्षेत्रमा द्रूत गतिमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकलाई तीन घण्टा लागेको थियो भने आगलागीका कारण नजिकका ३० परिवार प्रभावित भएको जनाइएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट