बस खाल्डोमा खस्दा ६ जनाको मृत्यु, १५ जना घाइते-Sutra News

बस खाल्डोमा खस्दा ६ जनाको मृत्यु, १५ जना घाइते

बुधबार, १६ फाल्गुन २०८०

बुधबार, १६ फाल्गुन २०८०

काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा मङ्गलबार बस खाल्डोमा खस्दा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका छन् ।



सो जिल्लाको खानपुर क्षेत्रमा तीव्र गतिका कारण बस दुर्घटना भएको भएको उद्धार सेवाले जनाएको छ ।

मृतक र घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रत्यक्षदर्शीले महिला र बालबालिका बोकेको बस पहाडी क्षेत्रबाट पूर्वी रावलपिण्डी शहरतर्फ जाँदै गर्दा दुर्घटना भएको बताएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ ।

जीर्ण सवारी साधन, अव्यवस्थित सडक र सडक सुरक्षाको लापरवाहीका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गर्छन्। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट