काठमाडौं । नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य बढेको हो ।
महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार ताेलामा दुई सय रुपैयाँले बढेकाे हाे । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने यसअघिकै तुलनामा कायम रहेको महासंघले जनाएको छ । केही दिनदेखि घटिरहेको मूल्य बिहीबार स्थिर देखिएको हो ।