शेयर बजार राताम्मे, घट्यो २२० कम्पनीको मूल्य-Sutra News

शेयर बजार राताम्मे, घट्यो २२० कम्पनीको मूल्य

बिहिबार, १७ फाल्गुन २०८०

बिहिबार, १७ फाल्गुन २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार राताम्मे भएको छ । अन्तिम कारोबार दिन २८.६८ अंकले घट्दै बजार १९७२.०९ को बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा बजार १.४३ प्रतिशतले घटेको छ ।



नेप्सेका सबै सूचाकं राताम्मे बनेको स्टक एक्सचेन्जले जनाएको छ । यस दिन नेप्सेका सबै उपसमूहमा गिरावट आएको स्टक एक्सचेन्जले जनाएको छ ।

बिहीबार सर्वाधिक वित्त उपसमूहमा गिरावट आएको स्टक एक्सचेन्जले जनाएको छ । जसमा ३.२१ प्रतिशतले घटेको थियो ।

२४८ कम्पनीमध्ये यस दिन २२० कम्पनीको मूल्य घटेको स्टक एक्सचेन्जले जनाएको छ । बिहीबार १७ कम्पनीको मात्रै मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

उच्च अंकले घटेको भएपनि बजारमा कारोबार रकम घटेको स्टक एक्सचेन्जले जनाएको छ । यसदिन ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार दुई अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट