सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि अन्धाधुन्द आक्रमण, ७० जनाको मृत्यु-Sutra News

सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि अन्धाधुन्द आक्रमण, ७० जनाको मृत्यु

बिहिबार, १७ फाल्गुन २०८०

बिहिबार, १७ फाल्गुन २०८०
फाइल तस्बिर

काठमाडाैं । गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन्।



इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले सिन्ह्वालाई बताएको छ ।

मृतक र घाइतेहरूलाई अल-शिफा अस्पतालमा लगिएको छ । यद्पि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमभणको निशाना बनाएको थियो ।

तीस हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्युको सङ्ख्या ३० हजार नाघेको प्यालेस्टिनी चिकित्सा स्रोतले बिहीबार बताएका छन् ।

गत २४ घन्टामा इजरायली लडाकू विमान र तोपखानाले गाजापट्टीका विभिन्न क्षेत्रमा गरेको आक्रमणका कारण दर्जनौँको मृत्यु भएको र गाजास्थित अस्पतालमा लगिएको स्रोतले सिन्ह्वासँग बताएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हुनेको सङ्ख्या ३० हजारभन्दा बढी पुग्नुका साथै ७० हजारभन्दा बढी घाइते भएको बताइएको छ ।

सात अक्टोबर २०२३ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको आक्रमणको बदलामा इजरायलले गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ ।

जसमा करिब एक हजार २०० मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट