एउटै सन्दर्भमा ६ पटक रुलिङ्ग : संसदलाई किन टेर्दैनन् प्रधानमन्त्री ?-Sutra News

एउटै सन्दर्भमा ६ पटक रुलिङ्ग : संसदलाई किन टेर्दैनन् प्रधानमन्त्री ?

शुक्रबार, १८ फाल्गुन २०८०

शुक्रबार, १८ फाल्गुन २०८०

काठमाडौं । विपक्षी दलहरुले दुई सातादेखि नै संसदमा निरन्तर अवरोध गर्दै आएका छन् । दलहरुले बालकुमारी घटनामा सरकारकै आयोगले दोषी ठह¥याएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, विवादित पृष्ठभूमिका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती र भ्रष्टाचार प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको राजीनामा वा प्रधानमन्त्रीको जवाफमा माग गरिहेका छन् ।



प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले तीन जना मन्त्रीको राजीनामा निर्विकल्प भनेको छ भने अन्य विपक्षी दलले प्रधानमन्त्रीको जवाफको माग गरेको छ । दलहरुले गत फागुन ६ गतेदेखि नै सदनमा यी एजेन्डालाई लिएर अवरोध गरिरहेका छन् ।

दलहरुको अवरोधका कारण योबीच कतिपय बैठक स्थगित भए कतिपय कार्यसूचीमा प्रवेश गर्न पाएनन् ।

दलहरुको निरन्तर अवरोधपछि सभामुख देवराज घिमिरले प्रधानमन्त्रीलाई जवाफ दिन पटक–पटक रुलिङ्ग गर्दै आइरहेका छन् । उनले दिन नै तोकेर रुलिङ्ग गरेका छन् ।

फागुन ६, १०, ११, १३ र १४ गतेको बैठकमार्फत सभामुखले जवाफको लागि प्रधानमन्त्रीलाई रुलिङ्ग गरेका थिए । तर, प्रधानमन्त्रीले भने सोसम्बन्धमा कुनै जवाफ दिएका छैनन् ।

सभामुखको रुलिङ्गपछि प्रधानमन्त्री स्वयम् सदनमा उपस्थित भएका छैनन् ।

शुक्रबारको बैठकमा पनि दलहरुले अवरोधको तयारी गरेका थिए । यद्यपि, फेरि सभामुखले जवाफका लागि दिन तोकेर (फागुन २१ गते) रुलिङ्ग गरेपछि बैठक सूचारु भएको छ ।

तर, छैंठो पटकको रुलिङ्ग पनि कार्यान्वयन होला भनेर यकिन गर्न सकिन्न ?

सरकार जवाफदेही नहुँदा सदनमा महत्वपूर्ण एजेन्डाहरु छाँयामा परेका छन् । एकातिर थुप्रै विधेयक विचाराधिन छन् भने अर्कोतिर सांसदले उठाउनुपर्ने थुप्रै एजेन्डामाथि अवरोधको कारण छलफल हुन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट