काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा शनिबार नेदरल्यान्ड्ससँग भिड्ने भएको छ । खेल बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि नेपालले आजको खेल जित्नु पर्ने दबाबमा छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।
तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना जिवितै राखेको नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक हुनेछ ।
नेपाल आज पराजित भए पनि फाइनल सम्भावना रहन्छ । त्यसको लागि नामिबिया अन्तिम खेलमा फराकिलो अन्तरले पराजित हुनु पर्छ ।