नेपाल आक्रमक बन्दा नेदरल्यान्ड्सले दियो १२१ रनको लक्ष्य-Sutra News

नेपाल आक्रमक बन्दा नेदरल्यान्ड्सले दियो १२१ रनको लक्ष्य

शनिबार, १९ फाल्गुन २०८०

शनिबार, १९ फाल्गुन २०८०

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १२१ रनको लक्ष्य दिएको छ ।



टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँदा १२० रन बनाएको हो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए ।

त्यस्तै, टिम भान डर गगटेनले २६ बलमा दुई चौका प्रहार गर्दै २४ रन बनाउँदा कप्तान स्कट एडवर्डस्ले १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै तीन विकेट लिए । आफ्ना तीन शिकारलाई बोल्ड गरेका उनले ४ ओभरमा एक मेडन ओभर राख्दै १३ रन खर्चे ।

त्यस्तै, कुशल मल्ल १८ रन खर्चेर २ विकेट लिँदा करण केसीले पनि १८ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट