नेपाललाई झड्का- एकै ओभरमा दुई ‘ओपनर आउट’-Sutra News

नेपाललाई झड्का- एकै ओभरमा दुई ‘ओपनर आउट’

शनिबार, १९ फाल्गुन २०८०

शनिबार, १९ फाल्गुन २०८०

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले एकै ओभरमा दुवै ओपनर गुमाएको छ ।



१२१ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेल तेस्रो ओभरको तेस्रो बलमा १२ रन बनाउँदै क्याच आउट भए । पाँचौँ बलमा अर्का ओपनर आशिफ शेख ८ रनमै बोल्ड आउट भए ।

सामान्य लक्ष्य पछ्याएको नेपालका लागि दुवै ओपनर आउट भएपछि अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुलशन झा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट