घातक बलिङ गरेका प्रतिश जिसी बने ‘प्लेयर अफ दि म्याच’-Sutra News

घातक बलिङ गरेका प्रतिश जिसी बने ‘प्लेयर अफ दि म्याच’

शनिबार, १९ फाल्गुन २०८०

शनिबार, १९ फाल्गुन २०८०

काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आजको खेलमा प्रतिश जिसी ‘प्लेयर अफ दि म्याच’ बनेका छन् । नेदरल्यान्ड्सविरुद्ध उनले तीन विकेट लिएका थिए ।



प्रतिश जिसीले नवौँ ओभरमा दुई विकेट लिएका थिए । उनले नवौँ ओभरको पहिलो बलमा कप्तान स्कट इवार्डलाई १८ रनमा बोल्ड आउट गरे । सोही ओभरको पाँचौँ बलमा म्याक्स ओ डाउडलाई ३१ रनमा बोल्ड आउट गर्दै पेभेलियन फर्काए ।

प्रतिशले नै १५ औँ ओभरको तेस्रो बलमा तेजा निडामनुरुलाई ५ रनमा बोल्ड आउट गरे । उनले खेलमा जम्मा १३ रन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट