युद्धमा परी नौ हजार महिलाको मृत्यु-Sutra News

युद्धमा परी नौ हजार महिलाको मृत्यु

शनिबार, १९ फाल्गुन २०८०

शनिबार, १९ फाल्गुन २०८०

काठमाडौं । सन् २०२३ अक्टोबर ७ मा इजरायलविरूद्ध हमासले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिनी कारबाहीमा करिब नौ हजार महिलाको मृत्यु भएको संयुक्त राष्ट्र संघीय महिला कार्यक्रम (यूएन वुमन)ले जनाएको छ ।



धेरै महिलाहरू भग्नावशेषमुनि परेको रिपोर्ट गरिएकाले यो आँकडा सम्भवतः कम भएको उक्त निकायले जनाएको छ । गाजामा युद्धका कारण दैनिक औसत ६३ महिलाको मृत्यु हुने गरेको छ ।

युद्धले प्यालेष्टिनी महिलाले परिवारका अन्य सदस्य गुमाउनु परेको र बाँचेका बालबच्चासमेतलाई असुरक्षाको अवस्था सिर्जना भएको यूएन वुमनले जनाएको छ ।

हरेक पाँचमध्ये चारभन्दा बढी वा ८४ प्रतिशत महिलाले उनीहरूको परिवारले द्वन्द्व सुरु हुनुअघि प्रयोग गरेको आधा वा कम खाना खाने गरेको रिपोर्टमा उल्लेख छ ।

गाजाको २.३ मिलियन जनसंख्याले केही हप्ताभित्र खाद्य असुरक्षाको गम्भीर स्तरको सामना गर्नु पर्ने छ । गाजा सर्वेक्षणमा १२ मध्ये १० महिला संगठनहरूले आवश्यक आपतकालीन प्रतिक्रिया सेवाहरू प्रदान गर्दै आंशिक रूपमा खाद्यान्न सहयोग वितरण गरेको रिपोर्ट गरेका छन् ।

तत्काल मानवीय युद्ध विराम नभएसम्म आगामी दिनमा अझ धेरैको मृत्यु हुने उल्लेख गर्दे उक्त राष्ट्र संघीय निकायले गाजामा आवश्यक पूर्वाधारको विनाश र बम विस्फोट रोक्न र तत्काल गाजामा मानवीय सहायता पुर्‍याउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट