सरकारी जग्गा हडप्ने कसैलाई नछाड्ने गृहमन्त्रीको दाबी-Sutra News

सरकारी जग्गा हडप्ने कसैलाई नछाड्ने गृहमन्त्रीको दाबी

शनिबार, १९ फाल्गुन २०८०

शनिबार, १९ फाल्गुन २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने स्पष्ट पारेका छन् ।



रोटरी क्लब अफ पाटन हेरिटेजले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले व्यक्ति वा संस्थाले कब्जा गरेको सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने र जग्गा हडप्नेलाई कुनै हालतमा नछाड्ने बताए ।

उनले सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न खोज्दा चारैतिरबाट विरोध हुने गरे पनि सरकार पछि नहट्ने जिकीर गरे । ललिता निवास, छाला तथा जुत्ता कारखानाको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भइसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट