सुनसरीमा दादुरा-रुबेलाविरुद्ध खोप अभियान सञ्चालनको तयारी पूरा-Sutra News

सुनसरीमा दादुरा-रुबेलाविरुद्ध खोप अभियान सञ्चालनको तयारी पूरा

शनिबार, १९ फाल्गुन २०८०

शनिबार, १९ फाल्गुन २०८०

सुनसरी । सुनसरीमा दादुरा-रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालयले यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको छ ।



सुनसरीमा खोप अभियान सञ्चालनका लागि ९९३ खोप लगाउने बुथ निर्धारण गरिएको छ भने ५९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाइँले जानकारी दिए ।

त्यसैगरी, खोप अभियान सञ्चालनका लागि एक हजार ९८६ स्वास्थ्यकर्मी र दुई हजार ९९९ स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने तयारी भएको उनले जानकारी दिए ।

सुनसरीमा नौ महिनादेखि पाँच वर्षसम्मका दुई लाख ४९ हजार ८२५ बालबालिकालाई खोप लगाउने तयारी भएको प्रमुख प्रसाइँले बताए । खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्तरण, खोपलगायत कार्य भएको छ ।

जिल्लामा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर विषेश रुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट