मेष, सिंह र मीन राशीलाई लाभैलाभ, तपाईं दिन कस्तो ?-Sutra News

मेष, सिंह र मीन राशीलाई लाभैलाभ, तपाईं दिन कस्तो ?

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

आज मिति विं. सं. २०८० फागुन २१ गते सोमबार । सन् २०२४ मार्च ०४ । आज नेपालमा सूर्योदय बिहान ६ः२४ बजे भयो भने सूर्यास्त साँझ ६ः६ बजे हुनेछ ।



मेष

आजको दिन उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । रमाइलो तरिकाले काम गर्न पाइनेछ । पशुधन र जग्गा–जमिनबाट सामान्य लाभ होला । सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । धार्मिक सामाजिक कामले सन्तुष्टि दिलाउला । दाम्पत्यसुख बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । रोकिएको काम बन्नेछ ।

बृष

आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, सचेत भइ काम गर्नु हितकर होला । समय चुनौतीपूर्ण रहने देखिन्छ । कार्यबोझले थाकेको महसूस होला । छरछिमेकमा वादविवादको सामना गर्नुपर्ने योग छ । मित्रजन तथा आफन्त–नातेदारको सल्लाह र सहयोगले राहत दिलाउला । केही खर्च पनि बढ्नेछ । पारिवारिक समस्याको भने समाधान मिल्नेछ । आरोग्यता रहनेछ । रसरागको भाव वृद्धि होला ।

मिथुन

सामाजिक काममा नाम रहने समय छ भने जागिरमा चाहिँ होसियारी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यका दृष्टिकोणले आजको दिन राम्रै देखिन्छ । आर्थिक लाभ हुनेछ तर खर्चको दर रोक्न विशेष प्रयत्न गर्नुपर्नेछ । कसैसंग सानो मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । मनमा दुविधा रहन सक्ने योग छ । प्रेमभाव बढ्नेछ, शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट

व्यस्तता बढे पनि दिन राम्रै छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । काम बन्नाले मन रमाउला । सन्तानबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापार तथा व्यवसायबाट लाभ मिल्नेछ । प्रेमप्रसंग सुखद रहला । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह

सोच्दै नसोचेको स्थानबाट लाभ हुने समय छ । उद्योग तथा व्यापारमा पनि विशेष फाइदा होला । बोलीको प्रभाव बढ्नेछ, आफन्त तथा मित्रजनले प्रशंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्ति होला । प्रयत्न गर्दा फसेको पैसा आज उठ्न सक्छ । रचनात्मकता र पराक्रम बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलता मिल्नेछ ।

कन्या

स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ने समय छ । अनावश्यक ठाउँमा खर्च होला, होस पुर्याउनु होला । आम्दानीमा कमी आउने छ । अध्ययन–अध्यापनमा खासै मन नजाला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला

समय राम्रै छ । आरोग्यता वृद्धि हुनेछ भने शुभ काममा आकर्षण बढ्ला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । आजको दिन अध्ययन–अध्यापनमा भने खासै मन नजाला । निजी काम बन्ने समय छ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक

दिन शुभदायी छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अचानक उपहार मिल्ने योग छ । धनको पनि लाभ होला । आर्थिक क्षेत्र सबल तथा फलदायी हुने देखिन्छ । व्यवसायमा राम्रो फाइदा उठाउन सकिएला । दाम्पत्यसुख बढ्नेछ । सुख–सुविधाको सामानमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गरे बेस होला ।

धनु

तपाईंको बुद्धि–विवेकको ठुला व्यक्तिबाट तारिफ होला । काममा मन दिन सकेमा सफलता मिल्ने समय छ । राम्रै कमाइको योग रहेपनि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला । परिवारिक सुख बढ्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ ।

मकर

अरूको भर पर्दा काममा धोका हुन सक्ने समय छ । आजको दिन आर्थिक कारोबार सकभर नगर्दा राम्रो । सापटी दिने काम नगर्नुहोला । स्वास्थ्यप्रति विशेष सचेतना अपनाउनु हितकर होला । बौद्धिक कार्यबाट भने सामान्य रूपमा धनलाभ हुनेछ । सानो कुराले पनि अशान्ति प्रदान गर्न सक्छ, धैर्य राख्नुहोला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ

टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमा नै पुरा नहुने देखिन्छ । मातृृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । तथापि, बन्न लागेको काम बिग्रन सक्ने योग रहेकोले सावधान रहनुहोला । अशुभ समाचारले मन खिन्न पार्न सक्छ । बौद्धिक र रचनात्मक कार्य भने बन्ने समय छ ।

मीन

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष सन्तोषजनक रहला । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने देखिन्छ । आर्थिक पक्षमा सुधारको महसूस हुनेछ । अध्यात्मिक कर्ममा ध्यान जाने खालको दिन रहेको छ । आफन्तको साथ भने कमै मिल्नेछ । शत्रुपक्ष परास्त होलान् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट