सत्ता गठबन्धन दलको बैठक स्थगित, बालुवाटार पुगे देउवा-Sutra News

सत्ता गठबन्धन दलको बैठक स्थगित, बालुवाटार पुगे देउवा

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । सोमबार बिहान बस्ने भनिएको बैठक स्थगित भएको हो ।



सत्ता गठबन्धनका दलहरूबीच समसामयिक परिस्थितिबारे छलफल गर्न आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तयारी भएको थियो ।

बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो ।

बैठकमा सहभागी हुनका लागि सत्ता गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू बालुवाटार पुगिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट