एमालेसहितकाे गठबन्धन बनेपछि प्रचण्डले भने– आजैदेखि बृहत कम्युनिष्ट एकताको पहलमा लाग्छु-Sutra News

एमालेसहितकाे गठबन्धन बनेपछि प्रचण्डले भने– आजैदेखि बृहत कम्युनिष्ट एकताको पहलमा लाग्छु

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थाल्ने बताएका छन् ।



सहिद सप्ताहको अन्तिम दिन सोमबार प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले आजदैखि बृहत कम्युनिष्ट एकताको पक्षमा लाग्ने बताए ।

“सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ”, उनले भनेका छन् ।

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा लगेर हत्या गरेको थियो ।

भेटमा सुखानी सहिद परिवारका सदस्य विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए ।

कम्युनिष्ट आन्दोलन र जनयुद्धलाई एकापसमा जोड्नका लागि नेकपा (माओवादी केन्द्र)ले फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट