रविकै नेतृत्वमा सरकारमा जाने रास्वपाको तयारी, स्वर्णिम मन्त्री बन्ने सम्भावना कति ?-Sutra News

रविकै नेतृत्वमा सरकारमा जाने रास्वपाको तयारी, स्वर्णिम मन्त्री बन्ने सम्भावना कति ?

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडाैं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सम्मिलित वर्तमान गठबन्धन टुटेर एमाले-माओवादी सहितको नयाँ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि सहभागी हुने भएको छ ।



पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान सहित गृहमन्त्री बन्ने पक्कापक्की भएको छ भने पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले भने प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने टुंगो नलागेको भएपनि सरकारमा सहभागी हुने विषयमा निर्णय लिने अधिकार भने सभापति रवि लामिछानेलाई नै दिएको छ ।

वर्तमान सत्ता गठबन्धनबाट मन्त्री रहेका सबैलाई आजै हटाएर एमाले, रास्वपा, जसपा सहितका दलबाट मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

एमाले र माओवादीबाट पदम गिरी र वर्षमान पुन मन्त्री बन्दा रास्वपाले रविलाई नै शपथ ग्रहण गराउने रास्वपाले तयारी अगाडि बढाएको हो ।

मन्त्रालय बाँडफाँट टुंग्गीसकेकाे भए पनि रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने निश्चित रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट