काठमाडौं । नयाँ गठबन्धनभित्र प्रदेश सरकारको विषयमा पनि सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकमा नेताहरुबीच प्रदेश सरकार नेतृत्वको विषय सहमति बनेको हो ।
दलहरुबीच प्रदेश सरकारको नेतृत्व आलोपालोमा लिने सहमति भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
“प्रदेशका मुख्यमन्त्रीहरु आलोपालोको आधारका अगाडि बढाउँछौं, अहिलेसम्मको छलफल त्यही हो ।”
नेता पौडेलका अनुसार राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको सन्दर्भमा पनि नयाँ शिराबाट छलफल हुनेछ ।