काठमाडौं । सत्ता गठबन्धनमा आएको फेरबदलसँगै साेमबारका लागि बाेलाइएकाे प्रतिनिधिसभाको बैठक स्थगित भएकाे छ । संघीय संसद सचिवालयले सोमबार बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेर स्थगित गराएकाे हाे ।
संसद सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणबस बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएकाे छ ।
संसद बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । आजकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा उठेका प्रश्नकाे जवाफ दिने कार्यक्रम थियाे ।
तर, प्रधानमन्त्रीलेकांग्रेस नेतृत्वको गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलगायतका दलहरूसँग सहकार्य अघि बढाएसँगै संसद बैठक स्थगित गराइएकाे हाे ।