काठमाडौं । नेकपा एकीकृत समाजवादीले सोमबार दिउँसो ३ बजे सचिवालय बैठक आह्वान गरेको छ । राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा फेरबदल गरेसँग नेकपा एस कुन ध्रुव हुने भन्ने स्पष्ट हुन बाँकी छ । यसै क्रममा पार्टीले सचिवालय बैठक आह्वान गरेको हो ।
माओवादी बैठकले आज नेकपा एसलाई पनि नयाँ समीकरणमा समेट्ने निर्णय गरिसकेको छ । पार्टी महासचिव घनश्याम भुसालले अहिलेको राजनीतिक उद्देश्य र प्रक्रियालाई हेरेर आवश्यक निर्णय लिने बताए ।