सभापति देउवाले भने- प्रचण्डले धोका दिए-Sutra News

सभापति देउवाले भने- प्रचण्डले धोका दिए

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा हुने भएको छ ।



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समीकरण फेर्ने निर्णय गरेसँगै कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेको हो ।

माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड एमालेसँग गठबन्धन गर्ने निर्णय पुगिसकेका छन् । योसँगै एमाले, माओवादी, जसपा र रास्वपाबाट सोमबार कम्तीमा चार जना मन्त्रीले शपथ लिने भएका छन् ।

कांग्रेस सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रमुख सचेकत रमेश लेखकले अब कांग्रेस प्रतिपक्षीमा बस्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा सभापति देउवाले प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेका थिए । ‘बैठकमा सभापति जीले प्रधानमन्त्री प्रचण्डले गठबन्धन तोडेको सुनाउनु भयो,’ सचेतक लेखकले भने, ‘यही बैठकको निर्णयअनुसार अब हामी प्रतिपक्षमा बस्छौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट