सत्ता परिवर्तनबारे केपी ओली मौन, भने : दिनभरि के-के हुन्छ फेसबुक हेरेर बस्नु-Sutra News

सत्ता परिवर्तनबारे केपी ओली मौन, भने : दिनभरि के-के हुन्छ फेसबुक हेरेर बस्नु

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् । नयाँ गठबन्धन सरकारबारे उनले दिनभरि के–के हुन्छ फेसबुक हेरेर बस्नु भन्दै सत्तामा सहभागी भएको संकेत गर्न भ्याए ।



नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को ७७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गरे ।

अध्यक्ष ओलीले भने, “अहिलेको भताभुङ्ग अवस्थाबाट मुलुकले आंशिक रुपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ, तर जे सुकै परिवर्तन भए पनि हामी ‘मिसन २०८४’ छाड्दैनौँ, अब हुने २०८४ सालको निर्वाचनमा एमालेले आफूलाई राष्ट्रिय शक्तिका रुपमा निर्वाचित हुने र त्यसलाई निर्णायक शक्तिका रुपमा विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रतापूर्वक काम गर्ने हाम्रो अभियान जारी रहने छ ।’’

अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र औद्योगिक क्षेत्रमा व्यापक विकास गरेर रोजगारी बढाउनु पर्नेमा जोड दिए । उनले जिफन्टका नेता–कार्यकर्तालाई मजदुर र तल्लो वर्गको हितका साथै सिंगो समाजको हितमा केन्द्रित भएर काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट