भागबण्डा गर्न बैठकमा बसे नयाँ गठबन्धन दलका नेताहरू-Sutra News

भागबण्डा गर्न बैठकमा बसे नयाँ गठबन्धन दलका नेताहरू

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । नयाँ सत्ता समीकरण दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।



प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरूबीच बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव छन् ।

यसअघि मन्त्री बाँडफाँटलगायत मुख्य शक्ति भागबण्डाका लागि चार वटा दलका नेताहरू सम्मिलित कार्यदलले भागबण्डाको खाका तयार पार्न जिम्मा दिएको थियो ।

उक्त कार्यदलमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट