भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर-Sutra News

भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित केही व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।



सोरु गाउँपालिका ९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध २६ लाख ८२ हजार १४ बराबरको बिगो दाबी गरेको छ ।

तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेही शाही र कोषाध्यक्ष रत्न रपा शाहीविरुद्ध पनि समान बिगो दाबी गरेको छ ।

सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत परामर्शदाता संस्थामार्फत खटिएका सामाजिक परिचालक संयोजक प्रकाश बुढथापाविरुद्ध समान बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यस्तै, सोरु-९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगीविरुद्ध पनि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट