काठमाडौं । सत्ता गठबन्धनको नयाँ समीकरण बनेसँगै नेकपा एकीकृत समाजवादीले तत्काल कुनै निर्णय नगर्ने भएको छ ।
सोमबार दिउँसो बसेको सचिवालय बैठकपछि सम्मानित नेता झलनाथ खनालले पत्रकारसँग बोल्दै आफूहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको जानकारी दिए ।
‘यो नयाँ गठबन्धनका नीति र कार्यक्रम के हुन्छन् ? यसको प्रक्रिया र चरित्र के हो ? त्यो थाहा पाएको छैन,’ उनले भने, ‘त्यसबारेमा उहाँहरूले कुराकानी गर्नु भयो भने हामीले फाइनल दृष्टिकोण बनाउन मिल्छ ।’
उनले प्रधानमन्त्री प्रचण्डले यो गठबन्धनबारे कुनै छलफल नगरेको दाबी गरे । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले नेकपा एसलाई पनि सँगै लैजाने निर्णय गरेको थियो