काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गाेपनियताकाे शपथ लिएका छन् ।
सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति बनेकाे थियाे ।
जुन सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने भने तय भइसकेको छैन। उनीहरूलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरिएको हो।