काठमाडौं । नयाँ गठबन्धनका चार दल (एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा)बीच आठ बुँदे सहमति भएको छ । सोमबार बालुवाटारमा बसेको बैठकले लिखित सहमति गरेको हो ।
दलहरुका बीचमा भएको लिखित सहमतिमा मन्त्रालय भागवण्डादेखि शान्तिप्रक्रियालाई टुंग्याउनेसम्मका विषय समेटिएका छन् ।
राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई अझ प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका पक्षमा समान सोच राख्ने दलहरूका बिचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको संयुक्त सरकार गठन गर्ने निष्कर्षमा पुगिएको कुरा सहमतिपत्रमा उल्लेख छ ।
आठ बुँदे सहमतिपत्रमा सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने उल्लेख छ ।
यस्तै, राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमतिपत्रमा उल्लेख छ।
यस्ता छन् सहमतिका बुँदा