काठमाडाैं । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका हुन् ।
कर्णाली सरकारमा कांग्रेसबाट खड्गबहादुर पोखरेल, कृष्णकुमार बीसी र बेदराज सिंह मन्त्री थिए ।
साथै, कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।