नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य-Sutra News

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

मंगलबार, २२ फाल्गुन २०८०

मंगलबार, २२ फाल्गुन २०८०
फाइल तस्बिर

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।



नेपालका लागि आशिफ शेखले ४७ रन बनाए । ३७ बलमा १ चौका र ३ छक्का हानेका उनी माइकल लेविटको बलमा एलबीडब्लु धरापमा परेका हुन् ।

यस्तै, दीपेन्द्रसिंह ऐरी केबल १ रनमै आउट भए । शाशिफ आउट भएपछि क्रिजमा छिरेका उनी १४.३ ओभरमा एलबीडब्लु धरापमा पर्दै आउट भए । कप्तान रोहित पौडेलले १९ बलमा ३ चौका र १ छक्का हाने । उनले २५ रन बनाउँदा माइकल लेभिटको बलमा आउट भए ।

त्यसअघि ओपनर कुशल भुर्तेल चौथो ओभरको तेस्रो बलमा २० रन बनाउँदा टिम भान डेर गुटेनको बलमा बोल्ड आउट भए । कुशलले १० बलमा १ चौका र २ छक्का हाने । कुशल मल्लले ११ बलमा २६ रन बनाउँदा करण केसीले ४ बलमा नाै रन बनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट