काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सत्ता साझेदारीमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
केन्दीय सरकारमा नयाँ राजनीतिक समीकरण बनेसँगै मुख्यमन्त्री शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । उनले उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माललाई हटाएका हुन् ।
संघीय सरकारमा माओवादी र एमालेसहितको चार दलीय गठबन्धन बनेपछि आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले माओवादीका मन्त्रीले सम्हाल्दै आएका मन्त्रालय आफै राखेको जानकारी दिएका हुन् ।
एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई यथावत राखिएको छ । सुदूरपश्चिममा नाउपा र नेकपा(एस)को समर्थन रहे मुख्यमन्त्री शाहलाई बहुमत पुग्छ ।