काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला चयन भएका छन् ।
एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि उनी प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।
संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । सचेतकमा सुनिता बराल मनोनित भएकी छन् ।