माधव नेपाललाई फकाउन पुगे प्रचण्ड र ओली-Sutra News

माधव नेपाललाई फकाउन पुगे प्रचण्ड र ओली

मंगलबार, २२ फाल्गुन २०८०

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पार्टीका अध्यक्ष माधव नेपाललाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुगेका छन् ।



नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र ओली एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साथमा लिएर नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

सोमबार नेपाली कांग्रेससँग तत्कालीन गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेसँगै अध्यक्ष नेपालले आफ्ना दुई मन्त्रीसहित राज्यमन्त्रीलाई फिर्ता बोलाएका थिए ।

प्रचण्डले आफूलाई धोका दिएको भन्दै अध्यक्ष नेपाल असन्तुष्ट छन् । सोमबार नै बसेको माओवादी सचिवालय बैठकले अध्यक्ष नेपाललाई फकाएर नयाँ समीकरणमा मिसाउने निर्णय गरेको थियो ।

सोमबार ओलीले नेपाललाई फोन गरेर स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भई निवासमै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट