आज मिति विं.सं. २०८० फागुन २३ गते बुधबार । सन् २०२४ मार्च ६ । आज नेपालमा सूर्योदय बिहान ६ः२२ बजे भयो भने सूर्यास्त साँझ ६ः७ बजे हुनेछ ।
मेष
शुभता र भाग्यबल बढ्नेछ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । प्रशंसकहरू बढ्नेछन् । ब्यापार ब्यावसायबाट राम्रै फाइदा हुने देखिन्छ, धनलाभको योग छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
बृष
काममा जोश जाँगर आउनाले आज मन प्रफुल्ल होला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । धनलाभको समय छ । सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । आरोग्यता र दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन
आजको दिन कतै वादविवादमा पर्न सकिन्छ, सावधान रहनुहोला । अनायसै रुपैयापैसाको पनि क्षति हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिएला, सचेत रहनुहोला । साथै, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । इष्टमित्रको साथ मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । स्वास्थ्य सवल रहनेछ ।
कर्कट
श्रमको उचित मूल्यांकन हुने समय भएपनि काममा ढिलाइ भइ सोचेको काम नबन्न सक्छ । नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ । ब्यापारमा भने लाभ मिल्नेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला । प्रेमभाव वृद्धि होला, रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
सिंह
ब्यस्तता र रचनात्मकता बढ्नेछ । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ भने दिन मनोरन्जनका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुन्छ । पारिवारिक आवश्यकता पूर्ति होला । स्वादिष्ट भोजनको आनन्द पाइने योग छ । आफन्त र मित्रहरूसँग भेटघाट होला । रसरागको भाव बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या
सामान्यतया दिन ठिकै छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । आम्दानीको स्रोतसमेत बढ्ने योग छ । वाहन एवम् चौपायाको कामबाट फाइदा हुने देखिन्छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख वृद्धि होला । पराक्रम बढ्नेछ । आफन्तको साथ प्राप्त होला । समस्याको समाधान मिल्नेछ ।
तुला
नसोचेको ठाउमा धन खर्च हुने समय छ । स्वास्थ्य पनि त्यति सवल नरहन सक्छ, खानपिनमाविशेष सावधानी अपनाउनुहोला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने सम्भावना रहेकोले होसियारी अपनाउनु हितकर होला । योजना र बजेट बनाइ काम गर्नु उपयुक्त हुनेछ ।
बृश्चिक
अधुरा काम सम्पन्न हुनेछन् भने अध्ययन९अध्यापनमा मन जानेछ । काममा सहयोगी साथीभाइहरूले राम्रो साथ दिनेछन् । पितृधनको उपयोगबाट विशेष फाइदा हुने समय छ । खेतीपातीको कामबाट पनि राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी मिल्ने योग छ । रोकिएका कामहरु बन्ने दिन छ । आरोग्यका साथै दाम्पत्यसुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु
नसोचेको ठाउँबाट धन आउने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् भने आम्दानीमा कमी हुने छैन । रुचिका विषयमा लगानी बढाउन सकिने समय छ । तथापि, पारिवारिक समस्या चाहिँ बढ्ने योग छ । जोखिम पनि बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
मकर
सानो प्रयासले रोकिएको काम बन्ने समय छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ र, टाढाको यात्राबाट धनप्राप्त हुने योग छ । आफन्तजनको सहयोग प्राप्त हुनेछ । नयाँ काममा हात हाल्नुअघि विशेष सोचविचार गर्नु हितकर हुनेछ । परिवारिक सुख बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिने समय छ ।
कुम्भ
कर्मबल वृद्धि भए पनि स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खर्च भने केही बढ्न सक्छ ।
मीन
चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनसक्ने योग छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ । जोखिम घट्नेछ । यात्रामा सफलता मिल्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।