काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनकै निवाल कोटेश्वर पुगेका छन् । सत्ता गठबन्धनमा सहभागि हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएका नेपाललाई भेट्न देउवा पुगेका हुन् ।
देउवाले पत्नी आरजु राणासहित नेता रमेश लेखकलगायतलाई साथै लिएर गएका छन् । अहिले अध्यक्ष नेपालको निवासमा छलफल चलिरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले मंगलबार साँझ सत्ता गठबन्धनमा सहभागि हुन अध्यक्ष नेपाललाई आग्रह गरेका थिए । प्रचण्ड र ओलीको प्रस्तावप्रति सकारात्मक देखिएका अध्यक्ष नेपालले निर्णय लिन सचिवालय बैठक बोलाएका थिए ।
सचिवालय बैठकबाट निर्णय लिन तयारी गर्दै गर्दा देउवा भेट्न पुगेका हुन् । नयाँ सत्ता समीकरण बनेसँगै देउवाले पनि नयाँ गठबन्धनको तयारी गरेका छन् ।
देउवाले रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतलाई सहभागि बनाएर गठबन्धन बनाउने तयारी गरेको छ ।