दोस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड-Sutra News

दोस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बुधबार पनि नयाँ रेकर्ड राखेको छ । लगातार बृद्धिका बीच सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो । महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ छ भने तेजाबी सुन प्रतितोला एक लाख २२ हजार नौ सय रुपैयाँ छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यले किर्तिमान राख्दै गर्दा चाँदीको मूल्य भने बुधबार घटेको छ । मंगलबारको तुलनामा तोलामा पाँच रुपैयाँले घट्दै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्यमा आएको निरन्तर बृद्धिको प्रभाव नेपाली बजारमा मूल्य बढेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट