माधवसँगको छलफलपछि उत्साहित बने देउवा-Sutra News

माधवसँगको छलफलपछि उत्साहित बने देउवा

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि नेपाली कांग्रेस उत्साहित बनेको छ ।



कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावप्रति अध्यक्ष नेपाल सकारात्मक बनेको कांग्रेस नेता रमेश लेखकले बताएका छन् । लेखकका अनुसार अध्यक्ष नेपालले छिट्टै पार्टी बैठक बसालेर निर्णय लिनेछन् ।

“परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ, निकै सकारात्मक छलफल भएको छ”, लेखकले भनेका छन्, “उहाँ (अध्यक्ष माधवकुमार नेपाल) सकारात्मक देखिनुभएको छ, पार्टी बैठक बसालेर निर्णय लिन्छु भन्नुभएको छ ।”

अध्यक्ष नेपाललाई कांग्रेसले सत्ता सहकार्यको सन्दर्भमा प्रस्ताव राखेको हो । कांग्रेसले प्रधानमन्त्री नै बन्न प्रस्ताव राखेको बताइएको छ ।
तत्कालिन सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने भन्ने थियो । सोहीअनुसार कांग्रेसले प्रस्ताव गरेको बुझिएको छ ।

यद्यपि, एकीकृत समाजवादीलाई नयाँ सत्ता गठबन्धनले पनि सत्ता सहकार्यको प्रस्ताव गरेको छ । मंगलबार साँझ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतले भेटेरै अध्यक्ष नेपाललाई सहकार्यको प्रस्ताव राखेका थिए ।

एकीकृत समाजवादीले दुवैको प्रस्तावप्रति निर्णय दिएको छैन । अध्यक्ष नेपालले सचिवालय बैठकबाट निर्णय दिने बताएका छन् ।

सम्बन्धित समाचार

टोली नै लिएर माधवलाई भेट्न पुगे देउवा

रविपछि माधवलाई प्रधानमन्त्री बन्न देउवाको अफर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट