काठमाडौं । नेकपा एमालेले मन्त्रीहरूको नाम टुंग्यो लगाएको छ । सत्ता गठबन्धनका नेताहरूले मन्त्रालय भागबण्डाको तयार पारेसँगै एमालेले मन्त्रीको नाम टुंगो लगाएको हो ।
एमालेले आठ मन्त्रालय पाउने भएको छ । सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएका हुन् ।
यस्तै, दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री बन्ने भएका छन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् ।
महासेठ र अधिकारीबाहेक सबै एक वर्षअघि प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री भएका थिए ।