नेप्से परिसूचक सामान्य वृद्धि-Sutra News

नेप्से परिसूचक सामान्य वृद्धि

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । सोमबार सकारात्मक सर्किट र मंगलबार उच्च अंकको गिरावटपछि आज बजार सम्हालिएको हो ।



परिसूचक नौ दशमलव ३३ अंकले बढेर दुई हजार १७ दशमलव ३ अंकमा पुगेको छ । आज ३०८ कम्पनीका ९१ लाख ३८ हजार १५४ कित्ता शेयर ५८ हजार ९४० पटक खरिद बिक्री भयो । जसमा तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

स्वरोगजार लघुवित्त वित्त विकास बैंकको आठ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आठ दशमलव ६७, गुर्खाज फाइनान्सको आठ दशमलव ०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आठ प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी नौ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को शेयर मूल्य पाँच दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३३ करोड ३७ लाख ७८ हजार बराबरको छ लाख ५७ हजार ७३९ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट