रेशम चौधरीले भने– कता बस्ने हो ? भनेर सोध्नु भयो, विपक्षीको बेञ्चमा बस्छौँ भन्या छौँ-Sutra News

रेशम चौधरीले भने– कता बस्ने हो ? भनेर सोध्नु भयो, विपक्षीको बेञ्चमा बस्छौँ भन्या छौँ

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले केन्द्र राजनीतिमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।



बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीय समितिको बैठकले आफूहरु अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको जानकारी दिए । चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताए ।

‘भर्खरै संसद भवनबाट फोन आएको थियो, विपक्ष र प्रतिपक्षमा कता बस्ने हो ? भनेर सोध्नु भएको थियो, हामी विपक्षीको बेञ्चमा बस्छौँ भन्या छौँ,’ अध्यक्ष चौधरीले भने ।

आफूहरु केन्द्रीय सरकारमा अहिले नगए पनि सुदूरपश्चिम प्रदेशमा दाबी रहेको उनको भनाइ थियो । उनले आफ्नो पार्टीले राजनीतिक अवस्थालाई केही समय हेर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने धारणा राखे ।

यस्तै, चौधरीले टीकापुर घटनाका पीडितहरूले न्याय पाउनु पर्छ भन्नेमा आफू दृढ रहेको जिकीर गरे । टीकापुर घटनामा थारुहरू धेरै पीडित रहेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट