नेकपा एसले जोशी र बुढालाई मन्त्री बनाउने-Sutra News

नेकपा एसले जोशी र बुढालाई मन्त्री बनाउने

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका छन् । जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र बुढाले सहरी विकास मन्त्रालयको जिम्मा पाएका हुन् ।



जोशी २०७९ को निर्वाचनमा बझाङबाट निर्वाचित भएका हुन् भने बुढा डोल्पाबाट निर्वाचित भएका थिए । यसअघि आज दिउँसो बसेको पार्टीको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको थियो ।

नेपाली कांग्रेससँगको गठबन्धन सरकारमा पनि समाजवादीले दुई मन्त्री र एक राज्यमन्त्री लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट