काठमाडौं । बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले मुख्यमन्त्रीसमक्ष संयुक्त रुपमा राजीनामा दिएका हुन् ।
नेपाली कांग्रस संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिलामन्त्री लामा र खानेपानीमन्त्री तीर्थबहादुर लामा गत वर्ष चैत २६ गते मन्त्री नियुक्त भएका थिए । अन्य चारजना गत जेठ ७ गते नियुक्त भएका थिए ।
बागमती प्रदेशमा पाँच दलको समर्थनमा अघिल्लो वर्ष पुस ५ गते नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा सरकार गठन भएको थियो ।