काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता स्वार्थका लागि नेकपा माओवादी केन्द्रले राजनीतिक बेइमानी गरेको बताएका छन् ।
‘यो सरकारमा नेपाली कांग्रेसलगायत जुन दलहरू छ, यस्तो सरकार विघटन गरेर नयाँ गठबन्धन गर्दा एकपटक गठबन्धनको बैठक राख्नु पर्दछ ?,’ उनले भने, ‘यो विषयको सन्र्दभमा राजनीतिक बेइमानी भने पनि हुन्छ, धोकाधडी भने पनि हुन्छ ।’
यस्तै, कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेलामा गठबन्धन टुटाउन सक्छन् भन्ने कुरामा आफू प्रष्ट रहेको बताए ।
‘गठबन्धन कुनै राजनीतिक स्थायित्वका लागि होइन बाँडीचुडी खान सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो,’ उनले भने, ‘भागबण्डा नमिल्ना साथ भोलि कुनै बेला गठबन्धन भत्किने नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासनको पुनरावृत्ति हुने प्रष्ट छ ।’
उनले यो गठबन्धन हिँड्न त परै जाओस् आफ्नै भारीले थिचिएर फतक्क कुहिएर झर्ने दाबी गरे ।