काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ ।
बिहीबार बिहान संसद भवनको ल्होत्से हलमा बैठक बसेको हो । सत्ताबाट बाहिरिएपछि कांग्रेसको यो पहिलो संसदीय दलको बैठक हो । कांग्रेसले संसदमा अबका दिनमा प्रस्तुत हुने विषयमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने जनाइएको छ ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रीत हुने छ ।