काठमाडौं । बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार र बुधबार ऐतिहासिक मूल्यमा कारोबार भएको सुनको मूल्य आज पनि नयाँ उचाइमा पुगेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । योसँगै छापावाला सुनको मूल्य एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुनको मूल्य एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।