सत्ता गठबन्धन परिवर्तन भएपछि संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै-Sutra News

सत्ता गठबन्धन परिवर्तन भएपछि संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौं । प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् ।



नयाँ सत्ता समीकरण बनेसँगै प्रचण्डले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएको हो ।

यसअघि विपक्षमा रहेका दलहरूले कतिपय विषयमा सरकारको जवाफ मागेका थिए । सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयमा जवाफ दिन सरकारलाई फागुन २१ गतेका लागि रुलिङ गरेका थिए ।

फागुन २१ गते स्थगित भएको बैठक बिहीबार बस्दै छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट