काठमाडौं । नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री तोकिएकी छन् । आज बसेको मन्त्रिपरिषद्बै ठकले मन्त्री शर्मालाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।
यस्तै, बैठकले संयुक्त राष्ट्रसंघको ‘कमिसन अन दि स्टाटस अफ वुमन को ६८ औँ सत्र’मा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति प्रदान गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले आजभोलि नै सरकारले पूर्णता पाउने बताइन् । उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी दिइन् ।