काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । बिहीबार बसेको कार्य कारिणी समितिको बैठकले पार्टीले यस्तो निर्णय गरेको हो ।
‘अध्यक्ष ज्यूको नेतृत्वमा सरकारमा जाने निर्णय भयो, एक जना राज्यमन्त्री र एक जना मन्त्री अध्यक्षले नै टुंग्याउने जिम्मेवारी दिइएको छ,’ जसपाको मुख्य सचेतक प्रदीप यादवले भने ।
यसबीच सुशीला श्रेष्ठलाई राज्यमन्त्री बनाउने जसपाको निर्णय भएको छ । प्रदीप यादव र नवलकिशोर साह सुडीमध्ये एक जनालाई वन मन्त्री बन्ने भएका छन् ।