यो मेरो दुर्भाग्य हो कि देशको ? प्रधानमन्त्रीले लात्ता हान्न सिकाउनु हुन्छ– रमेश लेखक-Sutra News

यो मेरो दुर्भाग्य हो कि देशको ? प्रधानमन्त्रीले लात्ता हान्न सिकाउनु हुन्छ– रमेश लेखक

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले पटक-पटक गठबन्धन फेरेर राजनीतिक बेइमानी गरेको बताएका छन् ।



बिहीबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले एक वर्षमा दुईपटक गठबन्धन फेरेको भन्दै प्रधानमन्त्रीले पाँच वर्षमा १३ पटकसम्म गठबन्धन फेर्न सक्ने दाबी गरे ।

‘मैले क्याल्कुलेटरमा हिसाब गरेँ, गठबन्धन कति पटक फेरिने रहेछ भनेर, यही गतिमा प्रधानमन्त्री हिँड्नु भयो भने झण्डै १३ पटक गठबन्धन फेरिने रहेछ, पाँच वर्षमा १३ पटक गठबन्धन फेर्ने, अनि आफूचाहिँ रहिरहने ?,’ उनले भने ।

सत्ता गठबन्धन परिवर्तन भएपछि एक सम्बोधनमा प्रधानमन्त्रीले प्रतिक्रियावादीले उपयोग गर्न खोजे आफू लात्ताले हानेर हिँड्ने बताएको टिप्पणी पनि नेता लेखकले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति भएको बताए ।

‘प्रधानमन्त्रीले कसलाई लात्ताले हान्ने, किन हान्ने ? यो मेरो दुर्भाग्य हो कि देशको दुर्भाग्य हो ?, जसको प्रधानमन्त्रीले मलाई लात्ताले हान्न सिकाउनु हुन्छ, यो विषयमा भोलिका दिनमा प्रधानमन्त्रीले जवाफ दिनुहोला,’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट