संसदमा एमालेले भन्यो– बहुमत नभएको अवस्थामा मिलेर सरकार बन्नु स्वभाविक-Sutra News

संसदमा एमालेले भन्यो– बहुमत नभएको अवस्थामा मिलेर सरकार बन्नु स्वभाविक

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसदमा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरू मिलेर सरकार बनाइनु स्वभाविक भएको बताएका छन् ।



बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने कहीकतै नभएको भन्दै संसद्भित्र जुनसुकै दलबीच सहकार्य हुनु स्वभाविक प्रक्रिया भएको बताए ।

उनले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने उल्लेख गरे । पौडेलले मुलुकको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि नयाँ गठबन्धन बनेको भन्दै यसलाई अविचलित रुपमा अघि बढाउनु पर्ने बताए ।

यस्तै, उनले विगतको गठबन्धनका समस्यालाई खुलस्त रुपमा राखेर सहज र संविधानसम्मत रुपमा विकल्प खोज्ने काम प्रधानमन्त्रीबाट भएकाले सबै दलले यसलाई सहज र स्वभाविक रुपमा लिनु पर्ने धारणा राखे ।

उनले अहिले भएको सहयात्रा जनता र राष्ट्रका समस्यालाई सम्बोधनमा केन्द्रीत रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट