अध्यक्षमा रेशम चौधरीको नाम अस्वीकार, रञ्जिताको पद कायमै-Sutra News

अध्यक्षमा रेशम चौधरीको नाम अस्वीकार, रञ्जिताको पद कायमै

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले अस्वीकार गरिदिएको छ ।



बिहीबार आयोगले निर्णय गरी पुरानै अध्यक्ष रञ्जिता श्रेष्ठलाई कायम गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

नाउपाले गत पुस २७ गते कैलालीको टीकापुरमा पार्टी महाधिवेशन गरेर अध्यक्षमा रेशमलाई चयन गरी आयोगमा पठाएको थियो । महाधिवेशनको निर्णयअनुसार केन्द्रीय समिति अद्यावधिक गर्न आयोगमा पठाइएको थियो ।

आयोगले महाधिवेशनबाट रेशम नेतृत्वमा चयन कार्य समितिलाई स्वीकार गरेन भने श्रेष्ठ नेतृत्वकै कार्य समितिलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट